५ लाख डोज अष्ट्राजेनिका नेपाल आइपुग्यो

काठमाडौं । जापानले बनाएको कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार (आज) काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा ५ लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले बताएका छन् ।

खोप कतार एयरलाइन्सको जहाजबाट बिहान आइपुगेको हो । ढुंगानाकाअनुसार आइतबार (भोलि) थप २ लाख ८७ हजार जोड खोप आउनेछ । आज र भोलि गरेर ८ लाख खोप आइपुग्नेछ । बाँकी ८ लाख खोप अर्को साता आइपुग्नेछ ।

अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने ढुंगानाले बताएका छन् । तर, प्रदेश १ र २ मा भने खोप अभियान शुरु भएको केही दिन ढिलोगरी शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *