सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ मन्त्री श्रेष्ठले आफ्नो आधिकारिक ट्वीटरमार्फत उल्लेख गरेका छन् ।

कोभिड– १९ संक्रमण फैलिँदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठको दाबी छ । यसअघि प्राज्ञिक, बुद्धिजीवी तथा सरोकारवालाहरुले परीक्षा स्थगित हुनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =