सांसदलाई बन्धक बनाइएकोबारे अनुसन्धान गर्न गगनको माग

काठमाडौं । संघीय सांसद तथा नेपाली कांग्रेसका नेता गगन थापाले लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री (केसी)लाई बन्धक बनाएको,जबरजस्ती हस्ताक्षर गर्न लगाएको,मानसिक यातना दिएको लगायतका दाबीबारे छानबिन गर्न माग गरेका छन् । थापाले सांसद खत्रीले लगाएका आरोप राजनीतिक मुद्दा मात्र नभएको भन्दै त्यसबारे अनुसन्धान गरि संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेन्सन गर्दै थापाले लेखेका छन्- लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले ”आफूलाई बन्धक बनाएको,जबरजस्ती हस्ताक्षर गर्न लगाएको,मानसिक यातना दिएको” लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन।

@PM_nepal_  ज्यू, यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *