प्रचण्डको भ्याकेट निवेदन

एमालेमा गएका मा‌ओवादीका जनप्रतिनिधिको थप विवरण मगाउन सर्वोच्चको आदेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएर एमालेमा लागेका जनप्रतिनिधिको विवादसम्बन्धी मुद्दामा अन्तरिम आदेशबारे निर्णय गर्नका लागि सर्वोच्च अदालतले थप विवरण मगाउने आदेश गरेको छ ।

न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको पूर्ण इजलासले उनीहरूविरुद्ध गरिएको कारबाहीको बारेमा अन्य विवरण मगाउन आदेश गरेको हो ।

इजलासले एमालेमा लागेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्न नमिल्ने जिकीर गर्दै अध्यक्ष दाहालका तर्फबाट दायर भएको निवेदनमा अन्य विवरण मगाउने आदेश गरेको हो ।

पार्टी परित्याग गरी एमालेमा गएका जनप्रतिनिधिलाई पार्टीले गरेको कारबाही सदर हुनुपर्ने भन्दै सर्वोच्चको अन्तरिम आदेशविरुद्ध अध्यक्ष प्रचण्ड साउन ७ गते भ्याकेट निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *