थप २०१२ जना कोरोनामुक्त‚ ३९३८ मा संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै सोही अवधीमा ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ र र ६ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ९३१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधीमा ३७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *