मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि २७ गते छलफल हुने

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि भन्दै आगामी साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो ।

प्रदेश सभा सचिवालयले बिहीबार (आज) एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी दिएका छन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गतेसँग गरी ३ पटक अविश्वास प्रस्ताव दर्ता भएको छ । यसअघि गत बैशाख २६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *