‘ओली बयलगाडा चुनाव चिह्न लिएर अघि बढ्छन्’ (भिडिओ)

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता मेटमणि चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नदेखिएको आरोप लगाएका छन् । ‘उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न,’ नेता चौधरीले भने, ‘यसअघि भएका जत्तिपनि सहमति, सम्झौताहरु छन् ती सबैले पार्टी एकतालाई जोड दिएको देखिन्न ।’

यस्तै नेता चौधरीले ओली अब ‘बयलगाडा’ चुनाव चिह्न लिएर अगाडि बढ्ने बताएका छन् । ‘केपी शर्मा ओली अब बयलगाडा चुनाव चिह्न लिएर अगाडि बढ्छन्,’ बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै नेता चौधरीले भने, ‘पार्टीको नाम चाहिँ नेपाल कम्युनिष्ट पार्टी भन्छन् र कोष्ठमा केपी ओली लेख्छन् । अब ओलीको विकल्प यही हो ।’

बैठकमा वर्तमान राष्ट्रिय राजनीतिबारे छलफल हुने नेता चौधरीले बताए । भने— ‘बैठकमा अब कसरी अगाडि जाने भन्नेबारे पनि छलफल हुन्छ ।’ बैठकमा करिब ९० जनाको हाराहारीमा केन्द्रीय सदस्यहरु उपस्थित हुने नेता चौधरीले दाबी गरेका छन् । नेपाल समूहको पहिले स्थायी कमिटी बैठक बस्नेछ, त्यसलगत्तै केन्द्रीय कमिटीको बैठक बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *