दाम्लोले बाँधेर युवालाई कुट्ने वडाध्यक्ष पक्राउ

काठमाडौं । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोट जुनिचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । गत साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार (आज) जाजरकोट प्रहरीले पक्राउ गरेको हो । ‘वडाध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौँ, जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले मकालुखबरसँग भने, ‘उहाँलाई कानूनबमोजिम कारबाही हुन्छ । पीडितले निवेदन दिनुभयो भने उहाँलाई अझै कडा कारबाही हुनुसक्छ । स्थानीयलाई कुटेको भिडिओका आधार र प्रहरी प्रतिवेदनअनुसार मुद्दा चलाउँछौं ।’

प्रहरीकाअनुसार पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन् । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही गर्ने निरीक्षक पाण्डेले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *