खोप प्रमाणीकरण अस्पतालबाटै गरिने

काठमाडौं । देशरभरका ५० शय्याभन्दा माथिका सम्पूर्ण सरकारी अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाएको आधारमा प्रमाणीकरण गर्न पाइने भएको छ ।

देशभरिका जिल्लास्थित ५० शय्यामाथिका सम्पूर्ण सरकारी अस्पतालमा कोभिड-१९ खोप लगाएको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउनका लागि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको छ ।

‘वैदेशिक रोजगार‚ अध्ययन र उपचारलगायत अन्य कार्यका लागि विदेश जानुपर्ने नागरिकहरूको कोभिड-१९ खोप लगाएको खोप कार्डको आधारमा प्रमाणीकरण गर्न देशभरिका जिल्लास्थित ५० शय्यामाथिका सम्पूर्ण सरकारी अस्पतालहरूबाट खोप लगाएको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउनुहुन‚’ मन्त्रालयद्वारा प्रेषित पत्रमा भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरेको नमूनाका आधारमा सम्बन्धित अस्पतालले बढीमा दुईजनासम्म फोकल पर्सन (मेडिकल डाक्टर) तोकी निःशुल्क प्रमाणीकरण र्ने व्यवस्था मिलाउन पत्राचार गरेको छ ।

विदेश जाने नागरिकका लागि भदौ १ गतेदेखि प्री-रजिस्ट्रेसन गराएर मात्र खोप लगाउने र सूचना प्रणालीबाट कूआर कोडसहितको प्रमाणपत्र विद्युतीय प्रणालीबाट उपलब्ध गराउनसमेत पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी यसअघि खोप लगाइसकेका अन्य नागरिकको हकमा पनि अनिवार्य रुपमा पोस्ट-रजिस्ट्रेसन गर्ने‚ खोप रजिस्ट्रेसनमा कैफियतमा जन्ममिति लेख्ने‚ खोपकेन्द्र व्यवस्थित गर्न कुपन वितरण गर्नेलगायतका विषयहरू पत्रमा उल्लेख गरिएको छ ।

Image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *