नेपाल पक्षको बैठकप्रति ‌ओली पक्षको आपत्ति

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर बिहीबार बस्न लागेको नेपाल पक्षको बैठकलाई भ्रमपूर्ण भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ— ‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक-पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ ।’

नेपाल पक्षले आजका लागि बोलाइएको बैठकलाई भोलि बस्ने गरि स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =