राष्ट्र बैंक सञ्चालक सदस्यमा मरासिनीको सपथ, ज्वाइँ–ससुरा एकै ठाउँ

काठमाडौं । नवनियुक्त अर्थ सचिव मधुकुमार मरासिनीले राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको पदमा सपथ लिएका छन् । उनले बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसँग सपथ लिएका हुन् । अर्थसचिव राष्ट्र बैंकको सञ्चालक समितिमा पदेन सदस्य हुने व्यवस्था छ ।

अर्थसचिव शिशिरकुमार ढुंगानाको सरुवा भएपछि मरासिनी अर्थसचिवको हैसियमा राष्ट्र बैंकको सञ्चालक समितिमा पदेन सदस्य भएका हुन् ।

सञ्चालक बोर्डमा गभर्नर अध्यक्ष रहने व्यवस्था छ । अर्थसचिव, राष्ट्र बैंकका दुई डेपुटी गभर्नर र ३ जना विज्ञ सदस्य रहने व्यवस्था छ ।

सरकारले नियुक्त गरेका ३ विज्ञ सदस्य मध्ये डा. श्रीराम पौडेल नाताले मरासिनीका ससुरा हुन् । ससुरा र ज्वाईं एउटै सञ्चालक बोर्डमा हुन पुग्नु एक संयोग बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *