पूर्वमाओवादी नेताहरुको निवेदनमा दिएन सर्वोच्चले अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका ४ नेताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

माओवादी केन्द्र नै अवैधानिक भन्दै निर्वाचन आयोग पुगेका नेताहरु केही दिनअघि सांसद पद चाहियो भन्दै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *