कर्णालीका ४ सांसदमाथिको एमालेको कारबाही सदर

काठमाडौं । कर्णाली प्रदेशका ४ जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘भ्याकेट’मा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाले सांसदहरुलाई गरेको कारबाही सदर गर्ने आदेश गरेका हुन् ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारबाहीलाई यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।

सो अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओलीले असार ७ मा भ्याकेट निवेदन दिएका थिए । उक्त भ्याकेटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारबाही सदर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *