देउवा, दाहाल र यादवबीच छलफल, यी हुन् एजेण्डा

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ । तीन नेताहरुबीच खासगरी मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भइरहेको एक माओवादी नेताले मकालुखबरलाई बताए । भने— ‘उहाँहरुबीच खासगरी मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रालय बाँडफाँटकै विषयमा छलफल भइरहेको हो ।’

२ सातामा पनि गठबन्धनको सरकारले मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना शुरु भएको र त्यसलाई ध्यानमा राख्दै सरकारले मन्त्रिपरिषद्लाई छिट्टै नै पूर्णता दिनेगरी आफूहरु जुटेको ती नेताले बताए । ‘सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पनि सकेन भनेर आलोचना शुरु भयो,’ ती नेताले भने, ‘अब चाहिँ मन्त्रिपरिषद्लाई पूर्णता दिएरै अगाडि बढ्ने खालको कुरा भयो र त्यसको गृहकार्यस्वरुप उहाँहरु जुट्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *