३१२५ संक्रमित थपिए, कोरोनामुक्त र मृतक कति ?

काठमाडौं । नेपालमा सोमबार थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६ सय १३ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ७९ र ३ हजार १ सय ९८ एन्टीजेन परिक्षणका क्रममा ८४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेािलमा कोरोना संक्रमितको संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ८ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५८ हजार १२२ संक्रमितले कोरोना जितेका छन् ।

हाल ३१ हजार ६२९ सक्रिय संक्रमित आइशोलेशन र ३६८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३६ लाख २२ हजार ४८० वटा पिसिआर र ३ लाख २५ हजार ७९९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *