आउँदो असोजभरिमा कोरोनाविरुद्धको दुई करोड डोज खोप उपलब्ध हुने

काठमाडौं । सरकारले आउँदो असोज महिनाभरिमा कोरोनाविरुद्धको दुई करोड डोज खोप उपलब्ध हुने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भइसकेको र असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल आउने जानकारी दिएका हुन् ।

उनकाअनुसार जान्सेन ५० लाख डोज, मोडर्ना र फाइजर ४०- ४० लाख तथा २० लाख डोज एस्ट्राजेनेका खोपको खरिद प्रक्रिया अघि बढाइएको छ ।

कोभ्याक्स सुबिधाबाट १ करोड १३ लाख र कोभ्याक्सकै लागतमा १ करोड ५० लाख डोज खोप ल्याइने  उनले जानकारी दिए । जसमध्ये ४० लाख डोज खोपको भुक्तानी भइसकेको पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *