वर्तमान सरकार कुबाटोबाट बनेको ओलीको दाबी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार चुनावबाट नभई कुबाटोबाट बनेको टिप्पणी गरेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आइतबार गरेको कार्यक्रममा उनले अहिलेको सरकार निर्वाचन र जनादेशबाट नभई कुबाटोबाट बनेको बताएका हुन् ।

एमाले नेतृत्वको सरकार हटाउन र नयाँ सरकार बनाउन आफ्नै पार्टीका नेताहरूले सहयोग गरेको भन्दै उनले गुनासो गरे । ‘हाम्रै पार्टीका केही नेताहरू दक्षिणपन्थीको पछिपछि नलागेको भए यो अवस्था आउने थिएन । उनीहरूले निर्लज्ज र धोकेबाज काम गरे,’ ओलीले भने । देशको विकास र सुशासनका लागि कम्युनिस्ट नै चाहिने ‌ओलीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *