थप २०२० जना कोरोनामुक्त‚ २५६८ मा संक्रमण‚ १८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टायता देशभर २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।

त्यस्तै आइतबार २ हजार ५६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ४०२ जनामा गरिएको पीसीआर र ४ हजार २३४ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा २ हजार ५६८ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *