एमाले स्थायी कमिटी बैठक शुरू

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ ।

च्यासल ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक शुरु भएको हो । बैठकमा एमाले उपाध्यक्ष वामदेव गाैतम पनि सहभागी भएका छन् ।

बैठकमा एमालेभित्र जारी आन्तरिक विवाद र त्यसको समाधानका लागि गठन गरिएको कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावअनुसार केन्द्रीय विभागहरुको पूर्णता‚ आयोगहरूको गठन र प्रदेश कमिटीहरूको अनुमोदनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *