२२ दलीय गठबन्धनद्वारा दार्चुला घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग

काठमाडौं । विभिन्न २२ दलीय गठबन्धनले दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर नदीमा बेपत्ता भएको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

धामी गतसाउन १५ गते बिहान साढे ८ बजे दार्चुलाको व्यास गाउँपालिका- २ मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा जाने क्रममा महाकाली नदीमा तर्दै गरेको तुइनको डोरी चुँडिदा नदीमा बेपत्ता भएका छन् ।

याे पनि : तुइन तर्ने क्रममा महाकालीमा एकजना बेपत्ता

घटनामा संलग्न व्यक्तिलाई कूटनीतिक पहल गरी कानूनी दायरामा ल्याउन २२ दलीय गठबन्धनले सरकारसँग माग गरेको हो । सरकारले दोषीमाथि कारबाही नगरेमा सडक संघर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ ।

थप : दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी खुस्काइदिएको भन्दै विरोध भइरहेको छ । सरकारले भने घटनाबारे छानबिन भइरहेकाले अहिले नै एसएबीले तुइन काटेको भन्न नमिल्ने बताएको छ । तर स्थानीयबासिन्दाले घटनामा एसएसबीको संलग्नता रहेको भन्दै भारतमै उजुरी दिएका छन् ।

शुक्रबार बिहान साढे ८ बजे दार्चुलाको ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइनमार्फत् भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा  तुइनबाट खोला तर्दै गर्दा खसेर जयसिंह धामी अझैसम्म बेपत्ता छन् । उनको खोजीकार्य भने जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *