पारस समर्थकले भने- पूर्वयुवराजलाई इज्जत दे ! (तस्बिरहरु)

काठमाडौं । पूर्वयुवराज पारस शाहका समर्थकहरुले काठमाडौंको महाराजगञ्जमा नाराबाजी गरेका छन् । पूर्वयुवराज शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै उनी समर्थकहरुले सडकमा टायरसमेत बालेका छन् । ‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’लगायतका नारा लगाउँदै पारस समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरुले केहीबेर सडकसमेत अवरुद्ध गरेका थिए ।

यसअघि आइतबार (हिजो) साँझ महाराजगञ्जमा बिनाहेल्मेट मोटरसाइकल हाँकेका पारसलाई प्रहरीले रोकेर सोधपुछ गरेको थियो । तर, पारस आफैं झोंक्किएर ‘तैँले के गर्छस् ?’ भनेर तुच्छ भाषाशैलीबाट गालीगलौज गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *