पाँच विद्यार्थी संगठनद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । विभिन्न दलनिकट पाँच विद्यार्थी संगठनले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल [एसएसबी]ले काटिदिँदा बगेर बेपत्ता भएको भन्दै घटनाको विरोध र भर्त्सना गरेका छन् । उनीहरुले तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न  पनि माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ— ‘भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्ने तथा घटनाको छानबिन गर्नै र सीमा क्षेत्रका नेपाली माथि हुने भारतीय ज्यादती रोक्न साथै भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सहज जीवन र शान्तिसुरक्षाको ग्यारेन्टी गरीनुपर्ने, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीको माग तत्काल पूरा गर्नुपर्ने, धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *