३६११ संक्रमित थपिए, कोरोनामुक्त र मृतक कति ?

काठमाडौँ । नेपालमा शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ७ सय ८३ पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ, हालसम्म नेपालमा ९ हजार ८ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ८ सय १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५२ हजार २६१ संक्रमित निको भएका छन् । हाल ३१ हजार १४ सक्रिय संक्रमित आइसोलेसन र ३९० जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३५ लाख ९४ हजार २०२ वटा पीसीआर परीक्षण भएको छ भने ३ लाख १४ हजार १११ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *