आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले देशभर सामान्य बदलीको अवस्था रहेपनि गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ । मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेकोले मौसम बदली भएको हो ।

दिउँसो देशभर मौसम बदली रही प्रदेश १, प्रदेश नं २, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर मध्यम वर्षा हुनेछ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षा भइरहेको क्षेत्रमा भू-क्षय, पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *