कर नतिर्ने अस्पतालदेखि कम्प्लेक्ससम्मलाई महानगरको अन्तिम मौका

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा/सम्पत्ति कर नबुझाएका करदाताहरुलाई कर बुझाउन अन्तिम मौका दिएको छ । महानगरले एक सुचना जारि गर्दै यहि १५ गतेसम्म कर बुझाउन भनेको हो ।

कर बुझाउन गत असार १६ गतेसम्म समय दिएको थियो । तर अहिलेसम्म पनि कर नबुझाएकाहरुलाई सम्बन्धित वडा कार्यलय तथा महानगरको राजस्व विभागमा गएर कर बुझाउन आग्रह गरिएको छ । १५ गतेसम्म कर नबुझाएमा घर/व्यवसाय शिलबन्दी गरिदिने महानगरले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *