यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेकोले बदली भएको हो ।

दिउँसो देशभर वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भोलि पनि मौसल बदली रही प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशस्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा भइरहेको क्षेत्रमा भू-क्षय, पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *