गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुखको रुपमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीको शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गुरूङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंगलबार नै राष्ट्रपति भण्डारीले दुवै प्रदेशका निवर्तमान प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

No description available.

(यसअघि भुलवश गलत तस्बिर प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौँ – सम्पादक)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *