गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन् ।

मंगलबार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरिएको जनाइएको छ ।

मंगलबार नै सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बाँकी प्रदेशमा पनि प्रमुख नियुक्त गर्नुपर्ने भएकाले बाँकी नाम टुंगो लगाएर चाँडै प्रदेश प्रमुखहरू फेर्ने सरकारको तयारी छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *