जसपाले लुम्बिनीका आफ्ना तीन सांसदलाई कारबाही गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट सांसद भई लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका सन्तोषकुमार पाण्डेय‚ विजयबहादुर यादर र कल्पना पाण्डे लम्साललाई अनुशासनको कारबाही गरिने भएको छ ।

पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेय, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री यादव र उद्योग वन तथा वातावरणमन्त्री पाण्डे लम्साललाई पार्टीबाट अनुशासनको कारबाही गर्ने निर्णय गरेको जसपाका एक नेताले जानकारी दिए ।

बैठकले पार्टीबाट कारबाही गरिएको जानकारी प्रदेश सभामुखलाई गराउने निर्णय गर्नुका साथै २०७४ सालमा स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित भएर पार्टी परित्याग गरेकालाई पनि अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *