शेरचन लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले लुम्बिनी प्रदेश प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (मा‌ओवादी केन्द्र)का नेता अमिक शेरचनलाई सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेता शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्नका लाि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुखको रुपमा थिए । गण्डकी प्रदेशमा अहिले नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको नाम सिफारिस गरिएको छ ।

यसअघि माओवादी केन्द्रले शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखका रुपमा नियुक्त गर्न पार्टीका तर्फबाट नाम पठाएपनि मन्त्रिपरिषद्ले माओवादी कोटाका शेरचनलाई मात्र नियुक्तिको सिफारिस गरेको हो ।

नेपालको संविधानअनुसार एक व्यक्तिलाई एकभन्दा बढीपटक त्यहि प्रदेशको प्रमुख बनाउन नमिल्ने भएपछि शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुखमा सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

बाँकी प्रदेशमा पनि प्रमुख नियुक्त गर्नुपर्ने भएकाले बाँकी नाम टुंगो लगाएर चाँडै प्रदेश प्रमुखहरू फेर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *