समानुपातिक सूचीमा रहेका गुरुङ गण्डकीको प्रदेश प्रमुखमा सिफारिस‚ को हुन् गुरुङ ?

पोखरा । सरकारले गण्डकी प्रदेशको प्रमुखमा कांग्रेस नेता पृथ्वीमान गुरुङलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेता गुरुङलाई गण्डकी प्रदेश प्रमुखमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

प्रदेशमा सरकार तलमाथी हुँदा तत्कालीन प्रमुख अमिक शेरचनलाई हटाएर भण्डारीले सीता पौडेललाई पठाएकी थिइन् । शेरचन माओवादी नेता हुन् ।

गण्डकीको प्रदेश प्रमुख बनेका गुरुङ कांग्रेसको संगठन विभाग उपप्रमुख हुन् । उनी २०७४ को निर्वाचनमा समानुपातिक सूचीमा थिए ।

को हुन् गुरुङ ?

गुरुङको पुर्ख्यौली घर कास्कीको घलेल हो । ‘सानैदेखि प्रजातन्त्रको पक्षमा काम गरेको मान्छे हो ।

‘पिएन क्याम्पसमा पढाउनुभएको हो,’ कांग्रेस नेता शुक्रराज शर्मा भन्छन्, ‘३६ सालको आन्दोलनमा योगदान छ । पछि चितवन जानुभयो र त्यहाँको पार्टी सभापति भएर काम गर्नुभयो ।’

गुरुङ कांग्रेसको विग्रहमा शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसमा लागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *