३८९९ संक्रमित थपिए, कोरोनामुक्त र मृतकको संख्या कति ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार ६५५ पीसीआर परीक्षणका क्रममा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका क्रममा १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ । त्यस्तै थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ७ सय ७८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा ६ लाख ४७ हजार ७९ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *