शेरचन र परियारको प्रदेश परिवर्तन हुने

काठमाडौं । प्रदेश प्रमुखमा नेकपा माओवादी केन्द्रका तर्फबाट सिफारिस भएका अमिक शेरचन र तिलक परियारको प्रदेश परिवर्तन हुने भएको छ ।

मंगलबार माओवादी केन्द्रले गण्डकी प्रदेशको प्रमुखमा शेरचन र प्रदेश २ को प्रमुखमा परियारको नाम सिफारिस गरेपनि एकै व्यक्ति एकै प्रदेशमा एक भन्दा बढी पटक प्रदेश प्रमुख हुन नपाउने भएकाले उनीहरुको क्षेत्र परिवर्तन हुने भएको हो ।

नेपालको संविधानको धारा १६३ मा उपधारा ४ मा एउटै व्यक्ति एकपटकभन्दा बढी एकै प्रदेशमा प्रमुख हुन नपाउने व्यवस्था रहेको छ ।

जसका कारण शेरचनलाई प्रदेश २ र परियारलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गर्ने तयारी छ । आजै बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरु नियुक्ति गर्दैछ । कांग्रेस र एमालेका नेता माधवकुमार नेपाल पक्षबाट नाम तय भई नसकेकाले आज दुईजनाको मात्र नाम नियुक्तिका लागि सिफारिस हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *