अटो लोन दिँदै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २४ घण्टाभित्रमा ८.४९५ प्रति वर्ष ब्याजदरमा अटो लोन प्रवाह गर्ने भएको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी ५ बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पुर्‍याउने विश्वास बैंकको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *