कोरोना संक्रमण बढ्यो, थपिए ३४२१ संक्रमित

काठमाडौं । नेपालमा सोमबार थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार २४० पीसीआर परीक्षणका क्रममा २ हजार ३ सय ९१ र ५ हजार ३२ एन्टीजेन परीक्षणका क्रममा १ हजार ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३८ हजार ९०८ पुगेको छ । त्यस्तै थप २५ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ७ सय ३८ पुगेको छ ।

यसैगरी १ हजार ६ सय ८६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ४५ हजार ३०१ जनाले कोरोना जितेका छन् ।

हालसम्म नेपालमा ३५ लाख ५१ हजार ३२३ वटा पीसीआर र २ लाख ९४ हजार ७६१ वटा एन्टीजेन परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *