सरकारमा चाँडै सामेल हुन्छौं : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल चाँडै शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने बताएका छन् । सोमबार (आज) निर्वाचन आयोग कार्यालयबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘आज विवाद टुङ्गिएपछि चाँडै देउवा सरकारमा जान्छौँ,’ यादवले भनेका छन् ।
सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जसपाले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । जसमा गत साउन ७ गते निर्वाचन आयोगले कार्यकारिणी सदस्यहरुको सनाखतबाट विवाद टुङ्ग्याउने निर्णय गरेको थियो । जसअनुसार नेताहरु आयोगको कार्यालय पुगेका हुन् । अहिलेसम्म यादवको पक्षमा ३४ सदस्यहरुे हस्ताक्ष गरेको नेतृ रेनुकुमारी यादवले दाबी गरिन् । ‘३४ जनाले गरिसक्नुभयो,’ यादवले मकालुखबरसँग भनिन्— ‘अझै थपिँदैछन् ।’
महन्थ ठाकुर पक्षमा भने कम कार्यकारणीय सदस्यहरु देखिएका छन् । मनिष सुमन, राजकिशोर यादवलगायतका नेताहरुले समेत यादवकै पक्षमा हस्ताक्षर गरेका छन् ।








