चीनको ओलम्पिक ‘वैभव’

काठमाडौं । विश्वमा सामारिक र आर्थिक रुपमा आफूलाई वैभवशाली बनाउँदै लगेको चीन विश्व खेलकुदमा पनि आफूलाई सर्वशक्तिमान राष्ट्रका रुपमा अघि बढाइरहेको छ । सबैखाले खेलकुद गतिविधिहरुमा लोभलाग्दो विकास गरिरहेको चीनले दीर्घकालीन खोलकुद विकासका लागि ग्रासरुट स्तरबाट गरेको खेलकुदको प्रगति लोभलाग्दो छ ।

सन् २०५० सम्ममा विश्वकप फुटबल जित्ने लक्ष्यसहित ग्रासरुट फुटबल विकासमा दीर्घकालीन योजना बनाएको चीनले त्यसबाहेकका सबै खेलकुदमा आफूलाई आइडियल रुपमा अघि सारेको छ ।

ओलम्पिक छलाङ्ग
सन् १८९६ मा आधुनिक ओलम्पिकको सुरुआत गर्ने निर्णय भएसँगै आयोजक ग्रिसले फ्रेन्च दूतावासमार्फत तत्कालीन चीनमा राज्य सञ्चालन गरिरहेको क्विङ सरकारलाई निम्तो पठाएको थियो । प्रतियोगिता आयोजना हुनुभन्दा दुई वषअघि सन् १८९४ मै निम्तो पठाइएपनि तत्कालीन सरकारलाई खेलकुदप्रति कुनै लगाव थिएन । उसले कुनै वास्तापनि गरेन । उसले पत्रको जवाफ समेत पठाएन । त्यसपछि विश्व खेलकुदबाट चीन लामो समय टाढानै रह्यो ।

तर विश्वमा ओलम्पिकप्रति लगाव र लोकप्रियता मात्रै बढेन । यसले देशको गौरव बढाउने काम गर्दै गएपछि भने चीनले ओलम्पिकप्रति नरम नीति लिँदै गयो । पहिलो नियमन्त्रणाको २८ वर्षपछि १९२४ मा आएर बल्ल चीनले ओलम्पिक अभियानको महत्व र यसले पार्नै दीर्घकालीन प्रभावबारे बुझ्यो र पेरिसमा सम्पन्न आठौं संस्करणमार्फत ओलम्पिकमा सहभागी हुने इच्छा प्रकट गर्यो । तर भाग लिनुनै उसका लागि अवसर जस्तो मात्र बन्यो ।

पछिल्लो दुई दशकयताको चीन छलाङ्ग हेरेर जिब्रो टोक्नेको कमी छैन ।

कीनकी उसले ओलम्पिक अभियानको विषयमा राम्रोसँग जानकारी र तयारी गरेको थिएन । उसँग विश्वस्तरका कुनै खेलको खेलाडी थिएनन् । खेल संरचनामा त झनै कमजोर थियो । त्यसैले उसले पेरिस ओलम्पिकलाई केवल सहभागिताका लागि मात्र औपचारिकता दिने निर्णय गर्यो । र, उसले प्रदर्शनी खेलका रुपमा टेनिसमा मात्र आफ्ना तीन खेलाडी पठायो ।

त्यसो त त्यसयताको अवधि हिसाब गर्ने हो भने ओलम्पिकमा चिनियाँ सहभागिताको इतिहास लामो भएको मान्न सकिन्छ । तर अवस्था त्यस्तो छैन । राजनीतिक कारणले चीन लामो समय ओलम्पिक भन्दा बाहिर रह्यो । विश्वयुद्धको चपेटालाई छाड्ने हो भनेपनि चीन पश्चिमी राष्ट्रको घेराबन्दीमा परिरह्यो । विश्वमा अमेरिकी मोर्चाबन्दीको दबदबा र चीनको आन्तरिक कारणमा बाह्य हस्तक्षेपले उसलाई निरन्तर ओलम्पिक खेलभन्दापनि युद्ध जस्तै बन्यो ।

कहिले ताइवानी मुद्दाका कारण प्रभावित बन्यो । तर उसले आफ्नो आन्तरिक एकता र आर्थिक वैभवसँगै खेलकुद गतिविधिलाई भने निरन्तर उकालो लगाइरह्यो । परिणामत: पछिल्लो दुई दशकयताको चीन छलाङ्ग हेरेर जिब्रो टोक्नेको कमी छैन ।

इतिहास बदल्दै अघि
सन् १९३२ को दशौं ओलम्पिकमा सरकारको निर्देशनपछि लस एन्जल्स पुगेको ६ सदस्यीय चिनियाँ टोलीमा पहिलो ओलम्पिक खेल्ने इतिहास बनायो । दुई सय मिटर धावक लिउ चावुङले पहिलो पटक औपचारिक प्रतियोगिता खेले । त्यतिबेला चीन मेडलविहीन बनेको थियो ।

चीनमा भएको राजनीतिक क्रान्तिका कारण लामो समयसम्म त्यहाँ कुनैपनि गतिविधिहरु अघि बढ्न सकेन । सन् १९४९ मा माओको उदयसँगै विश्वमा चीनप्रतिको नजर पुनः एकपटक खरावबपार्ने प्रयास भयो । सन् १९५८ मा ताइवानलाई छुट्टै ओलम्पिक कमिटीको मान्यता दिने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निर्णयप्रति रुष्ट चीनले २१ वर्ष ओलम्पिक बहिस्कार गर्ने नीति लियो ।

यो बीचमा चिनले ६ ओलम्पिकमा सहभागिता जनाएपनि पदकविहीन रुपमा नै घर फर्कियो । तत्कालीन सोभियत संघले १९७९ को अन्त्यमा अफगानिस्तानमाथि गरेको हस्तक्षेपको विरोधमा मस्को ओलम्पिक बहिस्कार गर्ने अमेरिकी मोर्चाबन्दीलाई समर्थन गरेको चीनले ओलम्पिक पदक जित्न सन् १९८४ को लस एन्जल्स ओलम्पिक सम्म कुर्नु परेको थियो ।

२ सय २४ खेलाडीले भाग लिएको २३ औं गृष्मकालीन ओलम्पिकमा ५० मिटर पिस्तोलतर्फ झु हाइफेङले चीनलाई पहिलो स्वर्ण दिलाएका थिए । त्यसयता चीनको सफल्ताता दुई गुना रात चार गुनाका दरले अघि बढिरहेको छ ।

बेइजिङ ओलम्पिकपछिको आधुनिक चीन
१२ वर्षअघि बेइजिङ ओलम्पिकको आयोजना गरेको चीनले तत्कालीन समयमा ओलम्पिक उद्घाटनका सबैखाले मानकहरु भत्कायो । प्रविधि र खेलकुदको उच्चतम नमूना देखाएर भव्य उद्घाटन गरेको उसले त्यही २००८ को बेइजिङ ओलम्पिकमा नै ५१ स्वर्ण, २१ रजत र २८ कास्य पदक जितेर मेडल तालिकाको पहिलो पटक आफूलाई शीर्षस्थानमा राख्न सफल रह्यो ।

समग्रमा ७७७ सदस्य टोली चीनको मात्र रहेको छ । जहाँ ३० विदेशी प्रशिक्षकहरु समेत सहभागी छन् ।

चीनले ओलम्पिकमार्फत विश्वलाई नयाँ सन्देशमात्र दिएन अब विश्व खेलकुदको निर्विकल्प देशका रुपमा आफ्नो बर्चस्व उदाएको सन्देश समेत छोड्यो । साथै उसले सोभियत संघको पतनपछि सन् १९९६ एट्लान्टा ओलम्पिकमार्फत विश्व खेलकुदमा राज गर्दै आइरहेको अमेरिकी एकल दबदबाको औपचारिक अन्तसमेत गरिदियो । सन् १९८४ को लस एन्जल्स ओलम्पिकमा १५ स्वर्ण, ८ रजत र ८ कास्य गरी ३२ पदक जितेको चीनले रियोसम्म आइपुग्दा एउटै ओलम्पिकमा पदक जित्ने अभियानलाई दुई गुना वृद्धि गरिसकेको छ । अब उसले टोकियो ओलम्पिकमा पुनः एकपटक आफ्नै मानक भंग गर्ने अभियानलाई पूर्णता दिँदैछ ।

शक्तिराष्ट्रको उचाइमा पुगेपछि आर्थिक रूपले सम्पन्न भएर मात्र पुग्दैन, खेलकुद, कला, साहित्यजस्ता विविध क्षेत्रपनि सँगसँगै अघि लैजान जरुरी छ । चिनले आफ्नो सांस्कृतिक वैभव देखाउने वर्षैनि लाखौ मानिसहरुलाई चीन घुमाइरहेको छ । र आफ्नो सांस्कृतिक बलियो धरातललाईपनि सँगै उजागर गरिरहेको छ । त्यसैले बहुपक्षीय मिसनमा रहेको चीनको विश्व शक्तिमान बन्ने उत्कट चाहाना ओलम्पिकको चर्चासँगै सधैं सतहमा आउने गरेको छ ।

विदेशमा सर्वाधिक खेलाडी
चीनले यो पटक कोरोना महामारीका बाबजुत अत्याधिक तयारी गरेको छ । उसले यो पटक कूल ४३१ खेलाडी टोकियो पठाएको छ । जसमा २९८ पुरुष र १३३ महिला छन् । उनीहरुले कूल २२५ इभेन्टमा सहभागिता जनाउने छन् । चीनले विदेशमा ठूलो मात्रामा पहिलो पटक यति धेरै खेलाडी सहभागिता गराउन लागेको यो पहिलो पटक हो ।

समग्रमा ७७७ सदस्य टोली चीनको मात्र रहेको छ । जहाँ ३० विदेशी प्रशिक्षकहरु समेत सहभागी छन् । सबैलाइ चिनले भ्याक्सिनेट गरेको छ । उसको यो ओलम्पिक अभियानमा किशोर खेलाडी १४ वर्षिय क्वान हंगचान देखी ५२ वर्षीय पाका लि झेनक्वान सम्मले प्रतिस्पर्धा गर्ने छन् । यसअघि चीनले बेइजिङ ओलम्पिकमा सर्वाधिक धेरै खेलाडी सहभागी गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *