‘एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौँ’

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । शुक्रबार (आज) युथफोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् । ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ,’ नेता बस्नेतले भनेका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सजिलो हुनेगरी राजनीतिक दलसम्बधी प्रावधान सच्याउने आश्वासन दिएका थिए । यसप्रति लक्षित गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

यसैगरी नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई भनेका छन् । यसअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने भन्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =