टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनलाई

काठमाडौँ । जापानको टोकियोमा जारी ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पहिलो पदक दिलाएकी हुन् ।

याङले २५१.८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । यस स्पर्धामा रसियाकी अनास्तासिया गलाशिना रजत पदक जितिन् । उनले २ सय ५१.१ स्कोर गरेकी थिइन । फाइनलको अन्तिम प्रहारमा दुवैले कमजोर प्रदर्शन गरेका थिए ।

अन्तिम प्रहारमा अनास्तासियाले ८.९ को खराब प्रदर्शन गरेपछि स्वर्ण पदकबाट बन्चित हुन पुगेकी थिइन् । याङले पनि अन्तिममा जम्मा ९.८ को मात्र स्कोर गरेकी थिइन् । अन्तिम प्रहारअघिसम्म अनास्तासिया अघि रहेपनि अन्तिम चुक्दा निरास रहिन् ।

स्विट्जरल्यान्डकी निना क्रिस्टेनले २३०.६ स्कोरसहित कास्य पदक जितिन् । यसै स्पर्धाको छनोटमा खेलेकी नेपाली कल्पना परियार भने राष्ट्रिय कीर्तिमानका बाबजुत फाइनल चरणमा पुग्न असफल भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *