गुरुराज घिमिरेको ‘मृत्युसँगको साक्षात्कार’ सार्वजनिक

काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ । शुक्रबार भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस बैंक्वेटमा एक समारोहका बीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा.शशाङ्क कोइराला र नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.शेखर कोइराला लगायतले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

‘मृत्युसँगको साक्षात्कार’ उनको दोश्रो कविता कीर्ति हो । सो पुस्तकमा ४० वटा कविता सम्मिलित छन् । बीएन पुस्तक संसारले बजारमा ल्याएको पुस्तकको मुल्य दुई सय रुपैयाँ रहेको छ । घिमिरेको राजनीतिमा नैतिकता (०६९), बन्दी जीवनका अनुभूतिहरु (०७२), प्रतिज्ञाको पहाड (०७३), लक्ष्य, यात्रा र गन्तव्य (०७४) र मान्छेका कथाहरु (०७६) प्रकाशित छन् । घिमिरेको डाक्टरको पुनर्जन्म (उपन्यास) प्रकाशोन्मुख छ ।

विमोचन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला, नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दिपक गिरी, बद्री पाण्डे, कमला पन्त, नेविसंघका सभापति राजिब ढुगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । साहित्यकार ज्ञानु भट्टराईले घिमिरेको पुस्तकमाथि चर्चा गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *