संसदीय व्यवस्था भ्रष्ट व्यवस्था हो : कञ्चन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी [विप्लव समूह]का स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’ ले संसदीय व्यवस्थालाई भ्रष्ट व्यवस्था भनेका छन् । शुक्रबार (आज) पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषय प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनले यस्तो बताएका हुन् । ‘संसदीय व्यवस्था भ्रष्ट व्यवस्था हो,’ कञ्चनले भने— ‘हामी यसलाई दलाल पूँजीवादी व्यवस्था भन्छौँ । म भन्छु नेताहरुले यसलाई रिथिङ्ग गर्नुस् ।’

चीन, रुसलगायतका देशहरुमा व्यवस्था राम्रो रहेको बताउँदै कञ्चनले भनेका छन्— ‘चीन पनि भ्रष्टाचार हुन्छ, तर कारबाही हुन्छ । नेपालमा त्यस्तो हुन्छ ? भन्नुस् त । अब यो दलाल पूँजीवादी व्यवस्थालाई त्याग्नुपर्छ ।’ विप्लव समूहले विगतदेखि नै ‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद’ भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =