टोकियो ओलम्पिक

ब्राजिलले जर्मनीलाई हरायो, फ्रान्स पनि पराजित

काठमाडौँ । टोकियो ओलम्पिकको पुरुष फुटबलमा ब्राजिलले जर्मनीलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा ब्राजिलले जर्मनीलाई ४-२ गोल अन्तरले पराजित गरको हो ।

ब्राजिलको जितमा रिचार्लिसनले ह्याट्रिक गरेका थिए । रिचार्लिसनले खेलको ७औं, २२औं र ३०औं मिनेटमा गोल गरेर आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै ब्राजिलका लागि अर्को गोल पाउलिन्होले खेलको ९५औं मिनेटमा गरेका थिए ।

त्यस्तै जर्मनीका लागि रागनर आचे र नादिएम अमिरीले एक एक गोल गरे । समूह डी मा ब्राजिलले अब ब्राजिलले अर्को खेल कोटे डी एल भोइरेसँग आइतबार खेल्दैछ । त्यस्तै जर्मनीले आइतबार साउदी अरेबियाविरुद्ध खेल्दैछ ।

अर्काे खेलमा फ्रान्स मेक्सिकोसँग ४-१ ले स्तब्ध बन्यो । फ्रान्सलाई स्तब्ध पार्न मेक्सिकोका एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस एन्टुना र इडुआर्डो एगुएरेले समान एक गोल गरे । फ्रान्सका आन्द्रे पिएरे जिग्नाकले सान्त्वना गोल फर्काए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *