ओलम्पिक : अष्ट्रेलियासँग अर्जेन्टिनाको हार

काठमाडाैँ । टोकियो ओलम्पिकको पुरुष फुटबलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । बिहीबार भएको खेलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको जितमा लाचलान वेल्स र मार्को टिलिओले एक एक गोल गरेका थिए । वेल्सले खेलको १४औं मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई शुरुवाती अग्रता दिलाएका थिए भने टिलिओले खेलको ८०औं मिनेटमा गोल गरेका थिए ।

समुह सी मा रहेको अस्ट्रेलियाले अब अर्को खेल आइतबार स्पेनविरुद्ध खेल्दै छ भने अर्जेन्टिनाले इजिप्टविरुद्ध खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *