सर्वोच्चको फैसलाको संसद्बाटै विरोध गर्नुपर्छ : बादल
२०७८ साउन ७ गते

|गृहमन्त्री रामबहादुर थापा ‘बादल’। तस्वीरः मकालु खबर|
काठमाडौं । एमाले नेता रामबहादुर थापा ‘बादल’ले सर्वोच्चको फैसलाविरुद्ध संसद्बाटै विरोध गर्नुपर्ने बताएका छन् । पुष्पलाल स्मृति समारोहलाई सम्बोधन गर्दै बादलले भने— ‘सर्वोच्चले केही दिनअगाडि गरेको फैसलाले लोकतन्त्रलाई बलियो पारेन । योविरुद्ध संसद्बाटै मोर्चाबन्दी हुनुपर्ने बेला आएको छ । यहीँबाट विरोध गर्नुपर्ने बेला भएको छ ।’
यस्तै बादलले कम्युनिष्ट सिद्धान्तबाट विचलित भएकाहरु पार्टीभन्दा बाहिर रहेको बताए । वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै बादलले भने— ‘केही सिद्धान्तबाट विचलित साथीहरु पार्टीभन्दा बाहिर छन् । यसले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने काम गर्छ ।’
पूर्वमाओवादी पृष्ठभूमि रहेको नेता बादल ०७७ फागुन २३ को फैसलापछि एमालेतिर लागेका थिए ।
२०७८ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








