१४७५ संक्रमणमुक्त हुँदा, संक्रमित र मृतक कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ७ सय १५ पीसीआर परीक्षणका क्रममा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ९२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ४ सय ७५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३६ हजार ४०२ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ८३२ सक्रिय संक्रमित आइशोलेशन र ३०१ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ९५ हजार ६९ पीसीआर र २ लाख ७४ हजार ८६२ वटाा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *