बाघको छालासहित दुईजना पक्राउ

देउखुरी । बाघको छाला बोकी हिँडेका दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइ र रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बिहान घोराही उपमहानगरपालिका-३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकेर हिँडिरहेका बेला अभियुक्तद्वयलाई प्रहरी टोलीले पक्राउ गरेको थियो ।

शङ्का लागी खानतलासी गर्दा बोरामा बाघको छाला, नङ्ग्रा र जुँगा बरामद गर्नुका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।

  • रासस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *