१५९५ संक्रमणमुक्त हुँदा कति संक्रमित र मृतक थपिए ?

काठमाडौं । नेपालमा मंगलबार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ८ सय ३६ पीसीआर परीक्षणका क्रममा २ हजार २ सय २ र ४ हजार २ सय ९९ एन्टीजेन परीक्षणका क्रममा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ६ सय १७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ५ सय ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३४ हजार ९२७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २६ हजार ४१९ जना आइसोलेसन र ३२६ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ८६ हजार ३५४ वटा पीसीआर र २ लाख ७० हजार ९६१ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *