मन्त्रिपरिषद् विस्तार गर्न एमालेका दुवै पक्षको निर्णय कुर्दै देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि नेकपा एमालेको निर्णय कुर्ने भएका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका पक्षहरुले गर्ने निर्णय हेरेरमात्रै उनले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

ओली पक्षले केन्द्रीय कमिटी बैठक जारी राखेको छ भने नेपालपक्षीय नेताहरुको आज छलफल हुँदैछ । यी दुवै समूहले के निर्णय गर्छन्, त्यही आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी देउवाले गरेका हुन् । देउवाले यो साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको स्रोतले बतँएको छ ।

त्यसका लागि बिहान मात्र प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलसमेत भएको छ । उक्त छलफलमा पूर्ववर्ती सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने विषयमा पनि कुराकानी भएको थियो ।

सरकारले ओली सरकारले विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरेको थियो । प्रधानमन्त्री देउवासँगको भेट अघि प्रचण्डले एमाले वरिष्ठ नेता नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =