कांग्रेस केन्द्रीय सदस्यमा शाहले उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । संघीय राजधानी काठमाडौंमा भएको युवाहरुको भेलामा आफ्नो धारणा राख्दै नेता शाहले नेपाली कांग्रेसले १४औं महाधिवेशन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गदैछ । महासमिति सदस्यसमेत रहेका शाहले संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका थिए भने काँग्रेसको १३औं महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए । युवा भेलामा शाहले नेतृत्व परिर्वतनका लागि सबै एक ठाउँमा रहनु पर्ने बताए ।
विभिन्न ठाउँमा देखिएको क्रियाशिल सदस्यताका विषयमा पार्टीको विधि, विधान प्रक्रिया तथा पार्टीको केन्द्रीय समिति तथा पदाधिकारीहरुको बैठकका आधारमा निष्पक्ष तरिकाले सामाधान गर्नु पर्नेमा समेत जोड दिए । कुनै व्यक्तिको नाममा पार्टी कब्जा गर्ने नियतले दिइएको क्रियाशील सदस्यता खारेज गर्नुको विकल्प नरहेको बताए ।
नेपाल तरुण दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका शाह जनताका माझ रही उनीहरुको सेवा लागेको र नेता तथा कार्यकर्तासँग सम्पर्क रहेका कैलाली क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय सभापति देवानन्द जैशीको भनाई छ । पार्टी भित्रको आन्तरिक समस्या तथा क्रियाशील सदस्यताका विषयमा उत्पन्न विवादका सन्दर्भमा काँग्रेस संस्थापनइतर समूहले सोमबार काठमाण्डौमा भेलाको आयोजना गरेको थियो ।
भेलामा केन्द्रीय सदस्य गगन थापा, दीपक गिरी, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रजित कर्ण, सरिता पसाई, अनिता यादवलगायतको उपस्थिती रहेको थियो ।








