२४ घन्टे स्पष्टीकरणपछि जुट्यो नेपाल समूह
२०७८ साउन ४ गते

|नेकपा अध्यक्ष माधवकुमार नेपाल। तस्वीरः विकास अर्याल, मकालु खबर|
काठमाडौं । एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । सोमबार (आज) बसेको केन्द्रीय कमिटी बैठकले २४ घन्टे स्पष्टीकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो ।
नेपाल समूहका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादर देउवालाई विश्वासको मत दिएका थिए । नेतृ निरुदेवी जैरुले छलफलपछि दिने भए सबैले र नदिने भए सबैले नदिने बताइन् । मकालुखबरसँग नेतृ जैरुले भनिन्— ‘हामी पनि पार्टी फुट्नु हुन्न भन्ने मान्छे हौँ । पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउनुपर्छ भनेका छौँ । हाम्रो जोड पनि यही नै हो । उहाँ (अध्यक्ष केपी शर्मा ओली) ले स्पष्टीकरण सोध्नुहुँदा दिने कि नदिने भन्नेबारे निष्कर्षमा पुग्छौँ, कदम चाल्छौँ ।’
२०७८ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








